चुनावी रणनीतिबारे छलफल गर्दै नेकपा एस

काठमाडौं । चुनावी रणनीति बनाउन नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवायल बैठक बसेको छ ।
केन्द्रीय कार्यलय बानेश्वरमा जारी बैठकले चुनावी जनपरिचालन अभियान, घोषणापत्र तथा चुनावी प्रचारसम्बन्धी निर्णय हुने उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । यस्तै आजको बैठकले केन्द्रीय विभागलाई पूर्णता दिने, उम्मेदवार छनोट गर्ने विषयमासमेत निर्णय हुनेछ ।
गत भदौमा एमालेबाट अलग भएपछि पहिलो पटक चुनावमा होमिन लागेको एकीकृत समाजवादीले सुरूदेखि नै चुनावी गठबन्धनको पक्षमा रहेको छ ।
देशभर संगठनले पूर्णता नपाइसकेको अवस्थामा उसले चुनावी तयारीको साथसाथै संगठन विस्तारलाई पनि सँगसँगै लैजाने नीति लिएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया