यी हुन् मेयरमा उठ्न जागिर छोडेका एसएसपी !

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले राजनीतिमा होमिनलाई जागिर नै छोडेका छन् । आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बन्न उनले एसएसपीबाट राजीनामा दिएका छन् ।
जागिर अवधि अझै १३ महिना बाँकी छँदै साहले राजीनामा दिएको उनीनिकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गत फागुन १० गते उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
नायब महानिरीक्षक (डिआइजी)मा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएरसाह राजनीतिमा लागेको बताइएको छ ।
स्रोतका अनुसार साहले धनुषाको विदेह नगरपालिकामा उनले मेयरमा उठ्ने तयारी गरिरहेका छन् ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया