युक्रेनी प्रदर्शनकारीमाथि रुसी सेनाले गोली चलायो
काठमाडौं । युक्रेनको सहर खेरसोन रुसी सेनाले कब्जा गरिसकेको छ । तर त्यहाँ युक्रेनी प्रदर्शनकारीका सामना गर्नु परेको छ । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले प्रदर्शनकारीलाई तितर बितर बनाउनका लागि गोली चलाएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा रुसी सेनाको विरोध गर्न सहरको चौरमा जम्मा भएका प्रदर्शनकारी यता उता भागिरहेको देखिन्छ । साथै अटोमेटिक बन्दुकबाट गोली चलिरहेको आवाज पनि सुनिन्छ ।
केही रिपोर्टअनुसार प्रदर्शनकारीविरुद्ध स्टन ग्रेनेड पनि प्रयोग गरिएको थियो । गोली प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् । रुसी सेनाले खेरसोन सहर मार्चको सुरुवातमा नै कब्जा गरिसकेको थियो । यसपछि त्यहाँ लगातार युक्रेनीहरुले प्रदर्शन गरिरहेका छन् ।
युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको २६ दिन भइसकेकोछ । रुसी सेनाले अहिलेसम्म कब्जा गरेको युक्रेनी सहरमध्ये खेरसोन सबैभन्दा ठूलो हो । रुसी सेना राजधानी किएभ कब्जा गर्न प्रयास गरिरहेको छ भने युक्रेनी सेनाले पनि भरपुर बल लगाएर प्रतिरोध गरिरहेको छ ।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया