युद्धमा १५ हजारबढी रुसी सैनिक मारिएको दाबी
किएभ । युक्रेनको रक्षा मन्त्रालयले रुस-युक्रेन युद्धमा अहिलेसम्म १५ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । मन्त्रालयले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।
रुसले सुरुमा आफ्ना ५ सय सैनिक मारिएको स्वीकारेको थियो । यसपछि रुसले आफ्नो पक्षमा भएको क्षतिबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर युक्रेनले लगातार रुसका धेरै सैनिक मारिएको दाबी गर्दै आएको छ ।
युक्रेनी रक्षा मन्त्रालयका अनुसार रुसको धेरै क्षति भएको छ । त्यहाँका सैनिक १५ हजार मारिएका छन् । हातहतियारमा ५०९ वटा ट्यांक, बख्तरबन्द गाडी १५५६, आर्टिलरी सिस्टम २५२, एन्टी एयरक्राफ्ट वारफेयर सिस्टम ४५, विमान ९९, हेलिकप्टर १२३, गाडीहरु १ हजार, ३ वटा पानीजहाज र फ्युल ट्यांक ७० वटामा क्षती पुगेको बताएको छ ।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया