एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, भुसालको प्रस्तावबारे सुनुवाइ नहुने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक नीतिगत निर्णय गरी आज सकिनेछ । स्थानीय तहको निर्वाचन तयारीका लागि आवश्यक निर्णय लिन बुधबारदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक जारी छ । अहिले केही बेरमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले लिखित जवाफ पेश गर्नेछन् ।
स्थानीय तहमा उम्मेदवारको मापदण्ड, छनोट गर्ने प्रकृया, घोषणापत्र तथा प्रतिबद्धतापत्र तयारी, विभागको पूर्णता लगायत विषयमा नीतिगत निर्णय गरी बैठक आज समापन हुने नेता शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार नेता घनश्याम भुसालले पेश गरेको फरक मतको सम्बन्धमा केही सुनुवाइ नहुने बताए ।
‘ओलीले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि लिखित रूपमा असहमति राख्न सक्छन्’, उनले भने, ‘तर भुसालले भनेजस्तो वामगठबन्धन वा पार्टी एकता सम्भव छैन ।’
भुसालले ओलीको प्रतिवेदनमाथि टिप्पणी गर्दै पुन: पार्टी एकतामा जोड दिएका थिए । उनले एमालेकै नेतृत्वमा माओवादी केन्द्रसहितको पार्टी एकता बनाउनु पर्ने, तत्काल त्यो सम्भव नभए कार्यगत एकता गरी चुनावमा भाग लिनुपर्ने प्रस्ताव राखेका थिए । तर ओलीले भुसालको प्रस्ताव ठाडै अस्वीकार गर्दै उनले आवश्यकता अनुसार केही भागमा सत्ता बाहिका दलहरूसँग चुनावी तालमेल भएपनि माओवादी केन्द्रसँग कुनै सहकार्य नहुने जवाफ दिएका थिए ।
त्यस्तै उनले पार्टीको नीति विपरित भीम रावलले संसद र सार्वजनिक मञ्चमा अभिव्यक्ति दिएपनि चुनाव अघि पार्टीले कुनै कारवाही नगर्ने स्पष्ट पारे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया