शेखरको टिमबाट महामन्त्री जितेका गगनलाई देउवाले बनाए चुनावी घोषणापत्रको कमाण्डर

काठमाडौं । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री गगन थापालाई बनाएको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र तयार गर्ने जिम्मा थापालाई सुम्पेका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति श्री शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापालाई ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजक मनोनयन गर्नुभएको छ ।’ पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।
थापा १४ औं महाधिवेशनबाट डा. शेखर कोइरालाको तर्फबाट महामन्त्रीमा निर्वाचित भएका थिए । अर्को टिमबाट निर्वाचित भए पनि देउवाले थापालाई महत्वपूर्ण जिम्मेवारी दिएका हुन् ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया