NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

रुसका ५९ प्रतिशत क्षेप्यास्त्र विस्फोट भएनन्ः युक्रेनी सेना

किएभ । रुसले युक्रेनमा आक्रमण सुरु भएयता फेब्रुअरी २४ देखि १ हजार २ सय क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमध्ये ५९ प्रतिशत आकाशमै विस्फोट भएको वा काम नलाग्ने भएको युक्रेनको सैन्य बलका अधिकारीले बताएका छन् ।

‘रुसले झन्डै १२ सय क्षेप्यास्त्र प्रहार गरेको थियो, यसको आधाभन्दा पनि थोरै मात्र लक्षित ठाउँमा विस्फोट भए, अरु कतिपय युक्रेनी बलले खसाले वा मानव बस्तीभन्दा टाढा विस्फोट भए’ युक्रेनी सेनाले टेलिग्राममार्फत बताएको छ ।

पेन्टागनका एक वरिष्ठ अधिकारीले मस्कोमा निर्देशित हतियारको अभाव छ र फ्रि फल बम र आर्टिलरीमा निर्भर रहेको बताएका थिए । रुसले युक्रेनमाथि एक महिनादेखि लगातार आक्रमण गरिरहेको छ ।