NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गोकुल बाँस्कोटाको नगरपालिकामा एमालेबाट जितेका वाइबा नेकपा एसमा, के होला एमालेको अवस्था ?

काठमाडौं । एमालेका चर्चित नेता गोकुल बाँस्कोटाको स्थानीय तह काभ्रेको मण्डन देउपुर–४ हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।

एमालेका तत्कालीन जिल्ला अध्यक्ष टोकबहादुर वाइबा मेयरमा ७६४६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका अच्युत पौडेल ६ हजार ३ सय १९, माओवादीकी रिता गौतम २२५९, नेमकिपाका पूर्णसिंह तामाङले ३३४ र राप्रपाका रामकृष्ण सापकोटाले ३२८ मत ल्याएका थिए ।

उपाध्यक्षमा एमालेकी निर्मला शाही ७५०१ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसकी राधिका ढकालले ६१६० मत प्राप्त गरेकी थिइन् ।
१२ वडामध्ये एमालेले ८ र कांग्रेसले चारवटा वडा जितेका थिए । जसमा वडामा १ मा एमाले, २ मा कांग्रेस, ३ मा एमाले जितेका थिए ।

वडा ४ गोकुल बाँस्कोटाले भोट हाल्ने वडासमेत हो । यो वडामा एमालेका भुवनप्रसाद बजगाईं ५३० मतसहित विजयी भए । प्रतिद्वन्द्वी माओवादीका तुलसीप्रसाद नेपालले ३७९, कांग्रेसका रेवतीप्रसाद तिमल्सिनाले १९३ मत ल्याएका थिए । यो वडामा माओवादी र कांग्रेस मिलेको भए ५७२ मत हुन्थ्यो । जुन मतले गोकुलकै वडामा एमाले पराजित हुन सक्ने थियो ।

५ मा कांग्रेस, ६ मा एमाले, ७ मा एमाले, ८ मा एमाले, ९ मा एमाले, १० मा कांग्रेस, ११ मा एमाले, १२ मा कांग्रेसले जितेका थिए ।

वाइबा नेकपा एसमा गएपछि के होला एमालेको अवस्था ?

तत्कालीन नेकपामा र एमालेमा वाइबा जिल्ला अध्यक्ष थिए । तर एमाले पनि विभाजन भएपछि वाइबाले माधव नेपालको पार्टीका गएका छन् । मण्डन देउपुरका प्रमुख वाइबा अहिले नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्षसमेत हुन् ।

उनी नेकपा एसमा प्रवेश गर्दा एमालेको मूलधार पुरानै पार्टीमा भए पनि कांग्रेस र माओवादीले फाइदा उठाउन सक्ने देखिएको छ । कांग्रेसले अघिल्लोपटक १३२७ मात्रै अन्तरले पराजय भोगेको थियो । यसपटक कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन बने नगरपालिकामा एमालेलाई जित्न कठिन पर्न सक्ने देखिएको छ ।

कांग्रेसमा पनि आफूले हार्ने ठाउँमा माओवादी र नेकपा एससँग चुनावी तालमेल गर्नुपर्ने विषय उठिरहेको छ । एक डेढ हजार मत अन्तर बढीले पराजित भएका ठाउँमा तालमेल गरेर भएपनि एमालेलाई हराउने नीति कांग्रेसले संस्थापनले लिएको छ ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा निर्णय गर्ने बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष