आणविक प्लान्ट रहेकाे चेर्नोबिलमा रुस गैर-जिम्मेवार बन्योः युक्रेन
काठमाडौं । युक्रेनका उप-प्रधानमन्त्री इरिना भेरेश्चुकले रुसले चेर्नोबिलको पावर स्टेशनमा गैर जिम्मेवारी व्यवहार गरेको आरोप लगाएकी छन् ।
चेर्नोबिल विश्वको सबैभन्दा खराब आणविक दुर्घटनाको साक्षी रहेको छ ।
२४ फेब्रुअरीमा युक्रेनमा हमला गरेलगत्तै रुसले यो आणविक प्लान्ट कब्जा गरेको थियो । भेरेश्चुकले रुसले चेर्नोबिलमा भारी सैन्य उपकरण जम्मा गरेर खतरनाक आणविक दुर्घटना भएको ठाउँलाई अझ खतरनाक बनाएको बताइन् ।
उनले रुसलाई आणविक ऊर्जा केन्द्रमा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन नदिएको आरोप पनि लगाएकी छन् ।
‘आणविक सुरक्षाको सन्दर्भमा यो अव्यवसायिक र गैरजिम्मेवार व्यवहार हो, जसले युक्रेन मात्र होइन लाखौं युरोपेलीहरूको जीवनलाई गम्भीर रूपमा खतरामा पार्न सक्छ,’ उनले भनेकी छन् । यसैबीच एक स्थानीय युक्रेनी अधिकारीले रुसी सेनाले चेर्नोबिल नजिकैको एउटा सानो सहर छोडेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार स्थानीय मेयर युरी फोमिचेफले एक भिडियो सन्देशमा रुसी सेनाले स्लाभच छोडेको बताएका छन् ।
सन् १९८६ मा चेर्नोबिलमा भयानक आणविक दुर्घटना भएपछि त्यहाँ काम गर्ने मानिसहरूलाई स्लाभचमा पुनर्वास गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया