NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

शेखरसँग कड्किए देउवा : मलाई कांग्रेसको सिद्धान्त सिकाउने ?

काठमाडौं । माओवादी र एकीकृत नेकपा समाजवादीसँग तालमेल गर्ने विषयमा कांग्रेसमा विवाद भएको छ । डा. शेखर कोइरालाले केन्द्रको निर्णयको आधारमा तालमेल गरिए आपत्ति जनाउने बताएलगत्तै सभापति देउवाले उनको भनाईको खण्डन मात्रै गरेनन्, विरोधमा नै उत्रिए । अहिले माओवादीलाई बोक्यो भन्ने आरोपमा देउवाले उल्टै शेखर पक्षमाथि आरोप लगाएका छन् ।

‘मलाई अहिले माओवादीलाई बोकेको भनेको के हो ? हिजो माओवादीलाई बोकेको गिरिजाबाबुले होइन ? हिजो गिरिजाबाबुले माओवादीलाई बोक्दा तपाईंहरू कसैले प्रश्न गर्नुभयो ?’ देउवाले कड्किदै भने, ‘अहिले मलाई माओवादीलाई बोक्यो नभन्नसु । हिजो चुनावमा गठबन्धन नगर्दा तपाईंहरू पनि पराजित हुनुभएको होइन ? म आफैं पनि मुस्किलले जितें ।’

अहिले जस्तै पहिले पनि कांग्रेसभित्रै गठबन्धनको विरोध हुँदा धेरै सिनियर नेतासमेत पराजित भएको देउवाको भनाई थियो ।

आफूले कांग्रेसको लागि जीवन काटिसकेको भन्दै कांग्रेसको सिद्धान्त नतोडेको र कांग्रेसको सिद्धान्तबारे आफूलाई कसैले सिकाउन नपर्ने बताएका थिए ।

के भनेका थिए शेखरले ?

शेखरले सोमबारकै बैठकमा केन्द्रको निर्णयका आधारमा चुनावी तालमेल गरिए तल्लो तहका नेता कार्यकर्ताले आपत्ति जनाउने र पार्टीको हितमा नहुने बताएका थिए ।

‘चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्नेमा होइन बहस कांग्रेसमा पार्टीको तल्लो तहदेखि नै कसरी एकता र सहकार्य गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ’ कोइरालाले बैठकमा भने, ‘अहिले चुनावी तालमेल वा गठबन्धन कोसँग गर्ने र के का लागि गर्ने रु केन्द्रले घोषणा गरेर तालमेल लादेर हुँदैन ।’
कांग्रेसको केन्द्रीय समितिको आजै सकिने बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी र एकीकृत नेकपा समाजवादीसँग चुनावी तालमेल गर्नेबारे सैद्धान्तिक निर्णय गर्न सक्ने बुझिएको छ ।

देउवालाई शेखरको चुनौती, तालमेल अघि पार्टीभित्रै तालमेल मिलाउनुस्