पूर्णबहादुर खड्का कांग्रेसको चुनावी कमाण्डर
काठमाडौं । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई वैशाख ३० मा हुने स्थानीय तहको चुनावी कमाण्डर तोकेको छ ।
केन्द्रीय समितिको बैठकले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समितिको संयोजक खड्कालाई तोकिएको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए । समितिमा सदस्य सभापति शेरबहादुर देउवाले परामर्शपछि चयन गर्ने जानकारी महतले दिए ।
महतको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।
केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । डा. शेखर कोइराला पक्षले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्न नहुने अडान लिएपछि मध्यमार्गी बाटो लिंदै स्थानीय आवश्यकताको आधारमा आफ्नो दल कमजोर रहेको ठाउँमा चुनावी तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया