NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पूर्णबहादुर खड्का कांग्रेसको चुनावी कमाण्डर

काठमाडौं । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई वैशाख ३० मा हुने स्थानीय तहको चुनावी कमाण्डर तोकेको छ ।

केन्द्रीय समितिको बैठकले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समितिको संयोजक खड्कालाई तोकिएको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए । समितिमा सदस्य सभापति शेरबहादुर देउवाले परामर्शपछि चयन गर्ने जानकारी महतले दिए ।

महतको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । डा. शेखर कोइराला पक्षले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्न नहुने अडान लिएपछि मध्यमार्गी बाटो लिंदै स्थानीय आवश्यकताको आधारमा आफ्नो दल कमजोर रहेको ठाउँमा चुनावी तालमेल गर्ने निर्णय कांग्रेसले गरेको हो ।