NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आफ्नै शक्तिमा स्थानीय तहको चुनावमा एमालेभन्दा ठूलो शक्ति बन्छौं : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी चुनावमा वामपन्थी दलहरूमध्ये आफ्नो पार्टी सबैभन्दा ठूलो हुने दावी गरेका छन् ।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले बिहिबार आयोजना गरेको कार्यक्रममा नेता पुनले अन्य दलको समर्थनमा नभइ आफ्नै शक्तिमा ठूलो दल हुने दावी गरे ।

‘विगतको भन्दा स्थानीय तहमा माओवादी केन्द्रको स्थिति बलियो भएको छ । हामी आफ्नै तागतमा विश्वास गछौँ’, उनले भने, ‘गठबन्धन दलहरूसँग देशभर चुनावी तालमेल हुँदैन । कमजोर स्थानमा मात्रै चुनावी तालमेल हुन्छ ।’

कार्यक्रममा विपक्षी एमालेले दुई–दुई पटक संसद विघटन गरेकाले जनताको घर दैलोमा जाने कुनै नैतिकता नभएको टिप्पणी गरे । जनतामा जाने एजेण्डा सकिएपछि विपक्षी दलहरूमाथि आक्रोसित भएको उनले जिकिर गरे ।