उम्मेदवार छान्नेबारे प्रचण्डले दिए मातहतका कमिटीलाई ६ बुँदे निर्देशन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारका लागि मापदण्ड कायम गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पार्टी पंक्तिलाई परिपत्रमार्फत विशिष्ट परिस्थितिबाहेक पुराना जनप्रनिनिधिलाई नदोहो¥याउन परिपत्र जारी गरेका हुन् ।
उम्मेदवार छनोटका विषयमा ६ बुँदे मापदण्ड बनाउन निर्देशन गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार स्थानीय तहसम्म संयन्त्र बनाउने, गठबन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नहुने, गठबन्धनमा पाँचदलीय मुख्य नेताहरूको संयन्त्र बनाउने, संयन्त्रको सञ्चालन अध्यक्षले आलोपालो गर्ने गरी सहमति गर्ने भनिएको छ ।
‘पुराना प्रतिनिधिलाई नदोहो¥याउने गरी उम्मेदवार छनोट र सिफारिस गर्न अध्यक्षले मातहतका कमिटीलाई निर्देशन दिनुभएको छ’, उनले भने, ‘देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान भएका स्वच्छ छवि भएका लोकप्रिय उम्मेदवार छनोट र सिफारिस गर्न निर्देशन गरेका छन् ।’
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाएर जाने निर्णय भएको थियो ।
यस्ता छन् उम्मेदवार छनोट र सिफारिसका मापदण्ड :
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहो¥याउने ।
२. देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने ।
३. स्वच्छ छवि भएको हुनुपर्ने ।
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनोटमा ध्यान दिने ।
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने ।
६. समानुपातिक, समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिने ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया