NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पौडेलको जिल्ला पुगेर शेखरले भने–तनहुँको यस्तो अवस्था छ दुर्गम जिल्लाको के होला ?

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि कांग्रेस नेता डा. शेखर कोइराला यतिखेर देश दौडाहामा छन् । १३ औं महाधिवेशनपछि देश दौडाहा गरेका शेखरले १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएपपछि आफूलाई झनै सक्रिय बनाएका छन् । पूर्व संस्थापनको नेताको लिगेसी बोक्दै कोइराला यतिखेर देशभर घुमिरहेका छन् । यसैबीच कोइराला नेता रामचन्द्र पौडेलको जिल्ला तनहुँमा पुगेका छन् । सिमलटार खानेपानी आयोजनाको उद्घाटन गर्न कोइराला तनहुँको बन्दीपुर सिमलटार पुगेका हुन् ।

तनहुँ पुगेर कोइरालाले जिल्लाको हिसाबले सुगममा चर्चा पाए पनि पूर्वाधारको हिसाबले दुर्गम नै भएको बताए ।

‘विश्व कहाँ पुगिसक्यो । जिल्लाको हिसाबले सुगम नै होला । तर मानिसहरू डोकोमा पानी बोकेर घरघर पुरयाउने कस्तो अवस्था होला ?’ कोइारालले भने, ‘तनहुँमा यस्तो अवस्था छ भने अलि दुर्गम जिल्लामा के अवस्था होला ?’

विकास र पूर्वाधारका खानेपानी, सडक, बिजुली, अस्पतालमा खर्च गर्नुपर्ने पैसा अन्यत्र भएकोसमेत उनले बताए । ‘हामी फजुल खर्च भ्युटावमारमा मधेसमा सडकसडकमा गेटमा छ’ कोइरालाले भने, ‘कांग्रेसका साथीहरूलाई मेरो आग्रह छ गाउँपालिकाको घोषणापत्र बनाउनने बेला हामी भ्यूटावर बनाउँदैनौं भनेर प्रतिज्ञा गर्नुहोस् । भ्यु टावरको खर्च अस्पताल र स्कुलमा खर्च गर्नुभयो भने यो सबैका लागि राम्रो हुन्छ ।’

केन्द्रबाट गठबन्धन र चुनावी तालमेलेको कुरा भएको भन्दै उनले वरिष्ठ नेता र केन्द्रीय सदस्य रहेको जिल्लामा जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताए ।

कोइराला आफू निकटका नेताको दलबलसहित तनहुँ पुगेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, मधु आचार्य, तनहुँ कांग्रेसका सभापति जितप्रकाश आले, नुवाकोट कांग्रेसका पुर्वसभापति जगदिश्वरनरसिंह केसी, तनहुुँ कांग्रेसका पूर्वसभापति रघु पौडेल, कांग्रेस नेताहरू देवराज चालिसे, सुदीपमोहन भट्टराई, उक्त खानेपानी उपभोक्ता आयोजना समितिका अध्यक्ष रोजन बानियाँ लगायतका सहभागी थिए ।