अनेरास्ववियूले चुनावी सुरक्षाका लागि प्रत्येक बुथमा सयजना खटाउने

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आसन्न स्थानीय चुनावमा प्रत्येक बुथ बराबर सयजना विद्यार्थी स्वयमसेवक खटाउने निर्णय गरेको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा चेत्र १८ र १९मा अध्यक्ष सुनिता बरालको नेतृत्वमा बसेको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकले जनताको सुरक्षा र षड्यन्त्रविरुद्ध लड्न प्रत्येक बुथमा स्वयम्सेवी खटाउन लागेको हो ।
त्यस्तै बैठकले भारत भ्रमरणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रोटोकल मिचेर भाजपाको मुख्यालयमा भारतीय समकक्षीलाई भेट गरेकोमा आपत्तिसमेत जनाएको छ । त्यस्तै भ्रमण गर्नुअघि विपक्षी दलका नेतासँग सल्लाह नगरको, मूल्यवृद्धि र महंगी नियन्त्रण गर्न नसकेकोजस्ता आरोप लगाएको छ ।
अनेरास्ववियूले ६ बुँदे आगामी संगठनात्मक र कार्ययोजनासमेत पारित गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया