NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ पाँच दलको निर्णय

गलकोट । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।

केन्द्रको गठबन्धनअनुसार मिलेर चुनावमा जान जिल्ला तहमा सैद्धान्तिक निर्णय गरिएको माओवादीका जिल्ला इन्चार्ज वलावती शर्माले बताए ।

आज सम्पन्न पाँचदलीय बैठकले प्रत्येक पार्टीबाट दुई जनाका दरले दस जनाको उच्चस्तरीय संयन्त्र गठन गर्ने र उम्मेदवार तथा भागबन्डाको टुङ्गो सोही संयन्त्रले गर्ने नेकपा एकीकृत समाजवादीका नेता रामजीप्रसाद शर्माले बताए ।