महत दाजुभाइकै मतदान क्षेत्रमा सत्ता गठबन्धनसँग कांग्रेसले सहकार्य नगर्ने
काठमाडौं । नुवाकोटको स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धन दलहरूको सहमतिको मसी सुक्न नपाई पञ्चकन्या गाउँपालिका–२ मा नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने निर्णय गरेको छ ।
उक्त वडाबाट नेपाली कांग्रेसले रामशरण श्रेष्ठलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस २ नम्बर वडा कमिटीले सोमबार सर्वसम्मत निर्णय गर्दै गठबन्धन दलका नेताहरूलाई चुनौति दिएका छन् ।
वडाध्यक्षमा वासुदेव मिश्रको दावी रहेको थियो । वडा समिति सदस्यहरूले आवश्यकताअनुसार अर्को बैठक बोलाउने निर्णय गरेको छ ।
उक्त वडा कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, प्रवक्ता डा. प्रकाशशरण महत र रमेश महतको समेत मतदान केन्द्र रहेको छ ।
रामशरण र प्रकाशरण दाजुभाइ हुन् भने रमेश भतिजा हुन् ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया