NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
स्थानीय निर्वाचन :

महत दाजुभाइकै मतदान क्षेत्रमा सत्ता गठबन्धनसँग कांग्रेसले सहकार्य नगर्ने

काठमाडौं । नुवाकोटको स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धन दलहरूको सहमतिको मसी सुक्न नपाई पञ्चकन्या गाउँपालिका–२ मा नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने निर्णय गरेको छ ।

उक्त वडाबाट नेपाली कांग्रेसले रामशरण श्रेष्ठलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस २ नम्बर वडा कमिटीले सोमबार सर्वसम्मत निर्णय गर्दै गठबन्धन दलका नेताहरूलाई चुनौति दिएका छन् ।

वडाध्यक्षमा वासुदेव मिश्रको दावी रहेको थियो । वडा समिति सदस्यहरूले आवश्यकताअनुसार अर्को बैठक बोलाउने निर्णय गरेको छ ।

उक्त वडा कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, प्रवक्ता डा. प्रकाशशरण महत र रमेश महतको समेत मतदान केन्द्र रहेको छ ।

रामशरण र प्रकाशरण दाजुभाइ हुन् भने रमेश भतिजा हुन् ।

No photo description available.