NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने गठबन्धनको निर्णय


काठमाडौं । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे गठबन्धन दलहरूलाई जानकारी दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रमेश मल्लका अनुसार आर्थतन्त्रमा देखिएको संकटबारे राजनीतिज्ञ, अर्थविद्, योजनाविद् र सरोकारवालाहरूसँग बृहत छलफल गर्ने निर्णय गरेको छ ।

१.प्रधानमन्त्रीद्वारा भारत भ्रमणको ब्रीफिङ भयो। समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष पेश भयो।

२. गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरियो।

३.देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भयो।