बाँकेका १०१ मतदानस्थल अति संवेदनशील
नेपालगञ्ज । बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन् ।
जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।
‘वादविवाद हुने, झैँभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने । उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरुपमा व्यवस्थापन गरिने बताए ।
यसैबीच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदानस्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए । उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे ।
विसं २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया