आफैँ अटोरिक्सा चलाएर पूर्वमन्त्रीले भोट माग्न थालेपछि …

काठमाडौं । पूर्वमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित आफैँले अटोरिक्सा चलाएर विराटनगर महानगरपालिकाका नगरबासीको घरदैलो अभियान चलाएका छन् ।
पार्टीको निर्देशनअनुसार स्थानीय तह निर्वाचनका लागि आफ्नै गृहनगर विराटनगर रहेका पण्डितले अटोरिक्सा चलाएर भोट माग्दै नगरवासीको घरदैलोमा पुगेका हुन् ।
बुधबार बिहान ४ नम्बर वडामा घरदैलो गरेका तस्बिरहरू सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गरेका छन् । पूर्वमन्त्री आफ्नै रिक्सा चलाएर आफ्नो घरदैलोमा आउँदा नगरबासी दंग देखिन्थे । पण्डितले रिक्साको दायाँ–बायाँ एमालेको झण्डा र चुनाव चिन्ह राखेका थिए । पछाडि भने आफ्ना कार्यकर्तालाई राखेका थिए ।
०७४ को चुनावमा यस महानगरपालिकामा कांग्रेसका भीम पराजुली पाँच हजारभन्दा बढी मतले विजयी भएका थिए । पराजुलीले २३ हजार ३१ मतले विजयी हुँदा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएर पराजित भएका थिए । फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए । राप्रपाका प्रह्लादप्रसाद साहले ५ हजार ५२४ मत ल्याएका थिए ।
१९ वडा रहेको विराटनगर महानगरमा यसपटक एमाले ०७४ को परिणाम उल्टाउने दाउमा रहेको छ । एमालेले पण्डितलाई महानगरको उम्मेदवार बनाउने चर्चा भएपनि देश हाक्ने क्षमताको व्यक्ति भएकाले महानगरमा आफू नउठ्ने नेपालवाचसँग बताएका छन् ।
गठबन्धनले साझा उम्मेदवार उठाए एमालेलाई आगामी चुनाव जित्न कठिन देखिन्छ । यदि गठबन्धनमा खटपट आयो भने एमालेले जित्ने सम्भावना जीवितै रहेको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया