NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चैत २६ सम्ममा निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई अनुगमन समितिको निर्देशन

काठमाडौं । रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

बुधबार पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले २२ गतेसम्म चुनावी तालमेलसहित ठोस निष्कर्ष पठाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलहरूको बैठकले पौडेलको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो ।

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् । माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल रहेका छन् । जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।

गठबन्धनले आगामी चुनावमा प्रदेश, जिल्ला र पालिकासम्म संयन्त्र बनाउने सहमति भएको थियो । सोहीअनुसार विभिन्न जिल्लामा स्थानीय तह निर्वाचनका लागि साझा उम्मेदवारको छनोटका कामहरू भइरहेको छ ।