आचारसंहिताप्रति असन्तुष्टि जनाउँदै एमाले निर्वाचन आयोगमा
काठमाडौं । निर्वाचन आचारसंहितामाथि असन्तुष्टि जनाउँदै एमाले निर्वाचन आयोग गएको छ ।
महासचिव कमरेड शंकर पोखरेलको नेतृत्वमा एमाले आज दिउँसो १ बजे निर्वाचन आयोग गएको हो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता एमालले चित्त बुझाएको छैन । यसैको असहमति जनाउन एमाले निर्वाचन आयोग गएको प्रचार विभाग प्रमुख विष्णु रिजालले नेपालवाचलाई जानकारी दिए ।
आयोगले हालै मात्र पास गरेको आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको छ । एमालेले यसैमाथि ध्यानाकर्षण गराउन लागेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया