अष्ट्रेलियाले युक्रेनलाई १४ करोड डलर सहयोग दिने
काठमाडौं । अष्ट्रेलियाले युक्रेनमा तीनवटा सशस्त्र सैन्य ट्रक पठाएको छ । गत हप्ता, भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा अष्ट्रेलियाले युक्रेनलाई कूल २० वटा ट्रक दिने प्रतिबद्धता जनाएको थियो ।
अष्ट्रेलियाबाट पठाइएका यी सवारी साधन युद्धक्षेत्रमा रहेका सैनिक र सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान प्रयोग गर्न सकिन्छ । यद्यपि, तिनीहरू आक्रमणका लागि प्रयोग गर्न मिल्दैन ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत हप्ता अष्ट्रेलियाको संसदलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । जेलेन्स्कीले सम्बोधन गरेको अष्ट्रेलिया २० औं देश हो । अष्ट्रेलियाले युक्रेनलाई १४२ मिलियन डलर सैन्य र मानवीय सहायता उपलब्ध गराउने वाचा गरेको छ ।
यससँगै अष्ट्रेलियाले रुसी सेलिब्रेटी र तेल आयातमा पनि प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गत हप्ता राष्ट्रपति जेलेन्स्कीलाई अष्ट्रेलिया युक्रेनको साथमा रहेको बताएका थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया