पाँचदलीय संयन्त्रको बैठक : छलफल भयो, निर्णय भएन

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँचदलीय चुनावी संयन्त्रको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनहरूमाथि छलफल भएको भए पनि कुनै निर्णय नभएको सरकार प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव सङ्कलन गरियो’, उनले भने, ‘अब शीर्ष नेताहरूलाई बुझाउने तयारी भएको छ । भोलि बुझाइने छ । त्यसपछि शीर्ष तहबाट नै निर्णय हुनेछ ।’
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया