तपाईंको फेसबुक, ट्विटर निगरानीमा पर्दैछ, के गर्ने, के नगर्ने ?
काठमाडौं । निर्वाचनमा सामाजिक सञ्जालको सम्भावित दुरूपयोग रोक्न निर्वाचन आयोगले सबै उम्मेदवार, दल, संघ–संस्था र हरेक मतदाताको सामाजिक सञ्जाललाई निगरानी थालेको छ । आयोगले साइबर ब्युरो नै बनाएर निगरानी सुरु गरेको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आचारसंहिता लागू भएदेखि अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।
निर्वाचन आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगकर्ताले संवेदनशील भएर चुनावसम्बन्धी विषयवस्तु राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसविपरीतका स्ट्याट्स, लेख रचनाहरू पोष्ट् गरिए निर्वाचन कसुर ठहरिन्छ । कसुरबमोजिम यस्ता व्यक्तिमाथि कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।
कार्यदलले निगरानी गर्ने क्रममा तपाईंबाट सामाजिक सञ्जाल प्रयोगसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएमा तपाईंको अकान्ट तत्काल बन्द समेत हुनसक्छ ।
कार्यदलले तपाईंको अकाउण्टबाट निर्वाचन प्रचार प्रसारका लागि अधिकतम ‘बुस्ट’ भएको पाएमा पनि कारबाही गर्छ ।
के–के गर्न हुँदैन ?
– आफ्नो सामाजिक सञ्जालबाट मन परेका उम्मेदवारका बारेमा बढाइचढाइ झुटा विवरण दिएर भ्रम राख्ने खालका सामग्री लेख्न हुँदैन ।
– विपरीत उम्मेदवारलाई होच्याउने, घृणा फैलाउनेजस्ता असामाजिक स्ट्याट्स, भिडियोलगायत सामग्री पोष्ट् गर्नु हुँदैन ।
– अरूलाई मानमर्दन गर्ने सामग्री प्रकाशन गर्न हुँदैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया