लमजुङमा २२ मतदानस्थल अतिसंवेदलशील
लमजुङ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा यहाँका २२ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । भौगोलिक अवस्था, शान्ति सुरक्षा र विगतका निर्वाचनका आधारमा जिल्लामा रहेका १२३ मतदानस्थलमध्ये सो सङ्ख्यालाई अतिसंवेदनशीलका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
उनका अनुसार जिल्लामा मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । उक्त २२ मतदानस्थललाई अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ भने ८० संवेदनशील र २१ वटा मतदानस्थललाई साधारण रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका आठ स्थानीय तहमध्ये चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । एक सय २३ मतदानस्थलमध्ये दूधपोखरी, क्व्होलासोथर, दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा रहेका मतदानस्थल बढी अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया