NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

लमजुङमा २२ मतदानस्थल अतिसंवेदलशील

लमजुङ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा यहाँका २२ मतदानस्थल अतिसंवेदनशील रहेका छन् । भौगोलिक अवस्था, शान्ति सुरक्षा र विगतका निर्वाचनका आधारमा जिल्लामा रहेका १२३ मतदानस्थलमध्ये सो सङ्ख्यालाई अतिसंवेदनशीलका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

उनका अनुसार जिल्लामा मतदानस्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । उक्त २२ मतदानस्थललाई अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ भने ८० संवेदनशील र २१ वटा मतदानस्थललाई साधारण रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । एक सय २३ मतदानस्थलमध्ये दूधपोखरी, क्व्होलासोथर, दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा रहेका मतदानस्थल बढी अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।