विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र गरे चुप लागेर बसिँदैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई देखाएर स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
विप्लवलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चुनाव सार्ने षड्यन्त्र भइरहेको उनले जिकिर गरे ।
सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले विप्लवलाई बाहना बनाएर चुनाव सारे एमाले चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।
‘०५९ मा चुनाव सार्ने अहिले सत्ताको नेतृत्व गरिरहेका छन् । अहिले पनि विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन्’, उनले भने, ‘बाहना बनाएर चुनाव सारे एमाले चुप लागेर बस्दैन ।’
ओलीले चुनाव सार्ने षड्यन्त्रकारीको मतियार नबन्न विप्लवलाई आग्रह गरेका छन् । विप्लव नेतृत्वको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले चुनावमा भाग लिन सकिने अमूर्त निर्णय गरेको थियो ।
निर्वाचन आयोगमा दल दर्ता नभएकाले विप्लव नेतृत्वको दलले आगामी चुनावमा भाग लिन पाउने छैन । त्यसकै लागि विप्लव दलका नेतादेखि प्रधानमन्त्री र राष्ट्रपति निवाससम्म धाइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया