NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

वैशाख ४ सम्ममा उम्मेदवार टुंगो लगाउन गठबन्धनबीच सहमति

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनका लागि वैशाख ४ भित्र टुंगो लगाउन निर्देशन दिने समझदारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले वैशाख ४ भित्र उम्मेदवार टुंग्याउन निर्देशन दिने निर्णय गरेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

यसअघि चैत मसान्तसम्ममा उम्मेदवार टुंगो लगाउने समयसीमा भए पनि सो बेलासम्म सहमति हुने नदेखिएपछि समय लम्ब्याइएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेताहरूले तालमेल गर्ने तालमेल गर्ने निर्णय गरेका छन् ।

तालमेलको प्रारूप तयार गर्न बैठक बसेकाे हो ।

सोमबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकपछि अपिल जारी गर्दै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अपिल गरेका थिए ।