एमालेले पोखरामा उम्मेदवार छान्न सकेन, भोलि चुनाव
काठमाडौं । नेकपा एमालेले एक स्थानीय तहको उम्मेदवार छनोटका लागि निर्वाचन नै गर्ने भएको छ । कास्कीको पोखरा उपमहानगरपालिकाको मेयर र उपमेयरमा आकांक्षी धेरै भएपछि एमालेले निर्वाचन गर्न लागेको हो ।
पोखरा महानगरपालिकाको मेयरमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी दुवैले आफ्नो पक्षकालाई उम्मेदवार बनाउन जोडबल गरेका छन् । खासगरी, सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामाले मेयर उम्मेदवार हुन पाउनुपर्ने अडान राखेका छन् ।
उपमेयरमा त झण्डै एक दर्जन आकांक्षी छन् । जसमा सुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री छन् ।
आफ्नो अडानमा उम्मेदवारहरू टसको मस नभएपछि त्यहाँ शुक्रबार मतदान हुने भएको हो ।
नेकपा एमाले कास्कीले मेयर र उपमेयर उम्मेदवार टुंगो लगाउन भोलि दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने तय भएको जनाएको छ । मतदानमा नगर कमिटीका सदस्य सहभागी हुनेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया