भोलिसम्ममा चुनावी तालमेलबारे टुंगो लाग्छ : प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आइतबारसम्ममा स्थानीय तह निर्वाचन तालमेलको टुंगो लाग्ने बताएका छन् ।
चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएकाले भोलिसम्ममा यसबारे टुंगो लाग्नेछ ।’
तालमेलबारे भइरहेको विलम्बबारे उनले एउटै पार्टीभित्र समेत विवाद हुने भएकाले विभिन्न दलबीच सहमतिका लागि समय लाग्ने बताए ।
‘निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुन्छ । विभिन्न दलबीच सहमति निर्माणमा समय लाग्नु स्वाभाविक हो,’ उनले भने ।
भरतपुर महानगरपालिकाको मेयर कुन दललाई दिने भन्नेबारे अहिलेसम्म नटुंगिएको र छलफल भइरहेको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया