तनहुँमा पौडेललाई फेरि झट्का, छोरालाई जिताउन गोविन्दराज जोशी एमालेसँग मिलेर चुनाव लड्ने
काठमाडौं । गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने सहमतिलाई चुनौति दिँदै तनहुँमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनवमा साझा उम्मेदवार बनाउने सहमति भएको छ ।
एमाले–जोशी समूहले तालमेललाई प्रभावकारी बनाउन दुवै पक्षबाट चार–चार जना रहनेगरी चुनावी परिचालन समिति गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवारी दिने सहमति भएको छ ।
जोशी निवास दमौलीमा शनिबार भएकोे छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएसँगै रामचन्द्र पौडेललाई ठूलो झट्का लागेको छ । काँग्रेस तनहुँलाई एक बनाएर लैजान जोशीले ल्याएको प्रस्तावलाई पौडेलले वेवास्ता गरिदिएपछि जोशी समूहले एमालेसँग तालमेल गरेको हो ।
जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवार भएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । दीपक गोविन्दराजका छोरा हुन् । तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु परेको नेता जोशीले जानकारी दिए ।
अख्तियार दु्रुपयोग गरी भ्रष्टाचार गरेको आरोप खेप्दै आएका जोशी लामो समय सत्ता बाहिर रहेका छन् ।
०७४ को संघीय निर्वाचनमा सांसदको टिकट नपाएपछि रुष्ट भएका जोशीले रामचन्द्र पौडेललाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतिनिधिसभा निर्वाचन अघि तनहुँमा जोशी र एमालेबीच सहमति भए फेरि पनि पौडेललाई चुनाव जित्न कठिन हुन सक्नेछ । किनकी जोशी आफू जित्नेभन्दा पनि पौडेललाई हराउन सक्रिय हुने बताइन्छ ।
जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट संघीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा स्वतन्त्र रूपले चुनाव लड्ने घोषणा गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया