एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
प्रतिबद्धतापत्रलगायत विषयमा छलफल हुने उनले बताए ।
बैठक सोमबार बेलुका साढे ६ बजे बस्न लागेको हो ।
प्रतिक्रिया