विभिन्न बहानामा निर्वाचन सके टार्ने-नसके सार्ने षड्यन्त्र भइरहेको छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न बहानामा निर्वाचन सके टार्ने-नभए सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय चुनाव सार्न ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोशिस भइरहेको बताउँदै सावधान हुन र सबैतिरबाट खबरदारी गर्न जरुरी रहेको बताएका छन् ।
उनको यो भनाइ सत्ता गठबन्धन र सरकारप्रति देखिन्छ । तर, उनले नाम उल्लेख भने गरेका छैनन् ।
‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिँदैछ !’, फेसबुकमा उनले लेखेका छन्,
‘विभिन्न बहानामा निर्वाचन सके टार्ने-नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘ सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोशिस गर्न खोजिँदैछ । सावधान हुनु र सबैतिरबाट खबरदारी गर्नु जरूरी छ !’
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया