विभिन्न बहानामा निर्वाचन सके टार्ने-नसके सार्ने षड्यन्त्र भइरहेको छ : ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न बहानामा निर्वाचन सके टार्ने-नभए सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय चुनाव सार्न ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोशिस भइरहेको बताउँदै सावधान हुन र सबैतिरबाट खबरदारी गर्न जरुरी रहेको बताएका छन् ।
उनको यो भनाइ सत्ता गठबन्धन र सरकारप्रति देखिन्छ । तर, उनले नाम उल्लेख भने गरेका छैनन् ।
‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिँदैछ !’, फेसबुकमा उनले लेखेका छन्,
‘विभिन्न बहानामा निर्वाचन सके टार्ने-नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘ सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोशिस गर्न खोजिँदैछ । सावधान हुनु र सबैतिरबाट खबरदारी गर्नु जरूरी छ !’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया