NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटारमा !

काठमाडौं । चुनावी तालमेल मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरी प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।

बैठक चलिरहँदा राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । यद्यपि, अनौपचारिक भेटघाट भएकाले गाडीको झण्डा भने छोपिएको छ ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अमेरिकी राजदूत बेरी बालुवाटार गएका हुन् । उनीहरूबीचको भेट पूर्व निर्धारित रहेको स्रोतको दाबी छ ।

६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवारको दलीय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक आज बिहान निष्कर्षविहीन बनेको थियो ।

बैठकमा माओवादी केन्द्र र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको हो ।

सहमति जुटाउन पुनः बैठक बसेको हो ।