प्रचण्डकी बुहारी पोखरा उपमेयरको उम्मेदवारमा सिफारिस
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी पोखरा महानगरपालिकाको उपप्रमुख (उपमेयर)को उम्मेदवारमा सिफारिस भएकी छिन् ।
महानगर कमिटीको आज बसेको पूर्ण बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि उनलाई पोखराको उपमेयरमा सिफारिस गरेको हो ।
उपप्रमुखमा तीन जनाको नाम सिफारिस गर्दा सिर्जनाको नामसमेत परेको हो ।
सिर्जना प्रचण्डपुत्र प्रकाशकी माइली श्रीमती हुन् । माओवादीका नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग सम्बन्ध बिच्छेद भएपछि प्रकाशले सिर्जनासँग मागी विवाह गरेका थिए ।
पछि पुन प्रकाशले वीना मगरसँग तेस्रो विवाह गरे । प्रकाशको ०७४ मा निधन भइसकेको छ ।
सिर्जना माओवादीको जन वर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य हुन् । केही वर्षयता उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया