NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमालेको सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक यतिबेला भक्तपुरको बालकोटमा जारी छ ।

अध्यक्ष केपी शर्मा ओली निवासमा जारी बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने र चुनावी प्रतिबद्धतापत्रका विषयमा छलफल भइरहेको छ ।

सर्वसम्मत नभएका महानगर र उपमहानगरपालिकाका उम्मेदवार छनोटको विधिका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ मा एमालले प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।