NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

गठबन्धनको बैठक : कार्कीले भने, ‘सहमतिनजिक छौं’

काठमाडौं । स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरमा उठ्ने उम्मेदवार टुंगो लगाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबनधनको बैठक बसिरहेको छ ।

यसैबीच, बैठक सहमतिनजिक रहेको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक चलिरहँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले दलका नेताहरू सकारात्मक निर्णायक विन्दूमा पुग्न लागेको बताए ।

मंगलबार बसेकोे बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने, नछाड्ने विषयमा विवाद भएपछि विनानिष्कर्ष टुंगिएको थियो ।

तर, आजको बैठकमा पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति जुटेको छ । यससँगै ६ महानगरको भागबन्डा सकिएको बताइएको छ ।

बैठक दिउँसो ३ बजेदेखि जारी बैठक विश्रामपछि राति १० बजे पुनः बस्ने बताइएको छ ।