NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राप्रपाको चुनावी प्रतिबद्धता : चुनाव जितेको ६ महिनाभित्र बिपन्न परिवारको पहिचान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै राप्रपाले बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको प्रतिबद्धतापत्र काठमाडौंको धुम्बाराहीमा रहेको केन्द्रीय कार्यक्रम आयोजना गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा सुशासन, शिक्षा, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद र भौतिक संरचना, सामाजिक, महिला रोजगार तथा अन्य गरी विभिन्न बुँदा समेटिएका छन् ।

पहिलो बुँदामा सुशासन समेटिएको छ । जसअन्तर्गत भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने परिकल्पना गरिएको छ ।

चुनाव जितेको ६ महिनाभित्र बिपन्न परिवारको पहिचान गरेर सोहीअनुसारका स्थानीय ऐनहरूको निर्माण तथा परिमार्जन गरिने राप्रपाले प्रतिबद्धता जनाएको छ ।

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने भनिएको छ ।

राप्रपाले आफूले जितेका स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने जनाएको छ ।

यस्तै, हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतम एउटा सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका विषय प्रतिबद्धतापत्रमा समेटिएका छन् ।

यसैगरी, निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म तीन हजार रुपैयाँ मासिक भत्ता दिने राप्रपाले जनाएको छ ।

छात्राहरूलाई नि:शूल्क सेनिटरी प्याड उपलब्ध गराउने तथा छात्रा शौचालय अनिवार्य गर्नेजस्ता योजना पनि प्रतिबद्धतापत्रमा समेटिएका छन् ।

हेरौं पूर्णपाठ :

No photo description available.May be an image of 1 person and textMay be an image of 2 peopleMay be an illustration