‘गुण्डानाइके’को छवि बनाएका बस्नेत विराटनगरको मेयरमा सिफारिस

काठमाडौं । आसन्न स्थानीय चुनावमा विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट परशुराम बस्नेतको नाम सिफारिस भएको छ ।
बस्नेत यसअघि महानगरपालिकाको कमिटीले सिफारिस गरेको नाममा परेका थिए । अहिले उनी प्रदेश कमिटीबाट पनि सिफारिस भएका छन् ।
बस्नेतले कुनैबेला विराटनगरको ‘गुण्डानाइके’को छवि बनाएका व्यक्ति हुन् । उनको समूहले पत्रकार खिलानाथ ढकाललाई कुटपिटसमेत गरेको थियो ।
ठेकापट्टामा मुछिएर विवादमा आइरहने बस्नेतले विगतमा युवा संघमा समेत काम गरेका थिए । उनी पहिले पूर्वमन्त्री महेश बस्नेतनिकट मानिन्थे । अहिले यी दुईबीचको सम्बन्ध पहिलेको जस्तो नभएको बताइएको छ ।
विराटनगरको मेयरमा बस्नेतसहित सागर थापा, बाबुराम कार्की, महेश भट्टराई, रामलाल साह र जीवन घिमिरे पनि सिफारिस भएका छन् । यीमध्येबाट एमालेको केन्द्रले उम्मेदवार छान्नेछ ।
प्रतिक्रिया