NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

गठबन्धनको सहमति कार्यान्वयन कति सहज ?

काठमाडौं । महानगर र उपमहानगरमा मेयर–उपमेयरमा गठबन्धनको सहमति अनुसार बाँडफाँट टुंग्याए पनि पाँचदलीय सत्तागठबन्धनलाई आफूअनुकूलको नतिजा निकाल्न भने अझै चुनौती छन् ।

कांग्रेसभित्रको अन्तरकलह सहमति कार्यान्वयनमा मुख्य चुनौती छ । गठबन्धनका अन्य सहयात्री दललार्य पनि आन्तरिक असन्तुष्टिको सम्बोधन गर्न सहज छैन । यद्यपि, नेताहरूले सहमतिप्रति प्रतिबद्ध भएर अपेक्षाकृत नतिजा हासिल गर्ने दाब िगरेका छन् ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा मेयर र उपमेयर पदको बाँडफाँट गरेको छ ।

गठबन्धनले महानगरपालिका र उपमहानगरको भागबण्डामा सहमति जुटाएकी दिन कांग्रेसको इटर समूहले भने असन्तुष्टि जनाएको छ । यो समूहका नेताहरूले सार्वजनिक रूपमै गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले त एक्लै लडे पनि कांग्रेस गन्तव्यमा पुग्ने बताएका छन् ।

गठबन्धनको सहमति पश्प्राचात ध्यापक लोकराज बरालले गठबन्धन अस्वाभाविक नभएको र कार्यान्वयन धेरै असहज नरहेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।