एमालेले वैशाख १० मा महानगर र उपमहानगरका सबै उम्मेदवार टुंगो लगाउने
काठमाडौं । नेकपा (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको टुंगो वैशाख १० गते लगाउने भएको छ ।
बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट आएका आकांक्षी उम्मेदवारबारे छलफल भएको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
‘आजको बैठकमा सातै प्रदेशबाट पठाएका महानगर र उपमहानगरका आकांक्षी उम्मेदवारबीच छलफल भयो’, उनले भनिन्, ‘यस विषयमा टुंगो लगाउन वैशाख १० गते दिउँसो ३ बजे सचिवालयको बैठक बोलाइएको छ ।’
त्यस्तै पोखरा महानगरपालिकामा सबैभन्दा बढी आकांक्षी देखिएकाले त्यस विषयमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको जिकिर गरिन् ।
‘धेरै आकांक्षी देखिएको पोखरामा कुन प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने भन्नेबारे आजको बैठकमा छलफल भयो’, उनले भनिन्, ‘तर निष्कर्षमा पुगेका छैनौं । प्रदेश वा संघीय सांसद भएका व्यक्तिको सम्बन्धमा के गर्ने भन्ने विषयमा १० गते नै टुंग्याउँछौं ।’
त्यस्तै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र शुक्रबार दिउँसो १ बजे सार्वजनिक गर्ने अर्यालले बताइन् । घोषणापत्रलाई अन्तिम रूप दिइ बैठकले पारित गरेको पनि उनले बताइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया