काठमाडौं, ललितपुर र पोखरा महानगरमा राप्रपाका मेयर उम्मेदवार को–को ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय निर्वाचनका लागि काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ वरिष्ठ कलाकार हुन् ।
यस्तै, ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराललाई मेयर उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
महर्जन ललितपुरका पूर्वअध्यक्ष हुन् भने खराल विश्व हिन्दू महासंघका उपाध्यक्ष रहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया