NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फेरि सर्यो एमालेको केन्द्रीय कार्यालय, कति तिर्नुपर्छ भाडा ?

काठमाडौं । नेकपा (एमाले)ले पार्टी कार्यालय थापाथलीबाट ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ ।

नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको शुक्रबार उदघाटन गरेका हुन् ।

कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन मासिक तीन लाख भाडामा पाँच वर्षका लागि लिएको हो ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । उक्त पार्टी कार्यालय साघुँरो भएपछि एक वर्षअघि वैशाख ९ मा थापाथली सरेको थियो ।

त्यहाँ पनि कार्यालय सञ्चालनका लागि ठाउँ अभाव रहेकाले च्यासलमा सरेको कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।