माओवादी केन्द्रका केन्द्रीय सदस्य र पूर्वराजदूतसहितको टोली एमालेमा प्रवेश
काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा र माओवादीकी पूर्वकेन्द्रीय सदस्य तथा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा एमालेमा प्रवेश गरेका छन् ।
कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय शुक्रबार आयोजित कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
देवकोटा माओवादी केन्द्रको सहकारी विभागका प्रमुखसमेत हुन् ।
यस्तै, कास्कीको लेखनाथ नगरपालिकाका पूर्वमेयर शालिग्राम पौडेल, माओवादीकी पूर्वकेन्द्रीय सदस्य बेली तामाङ र सागर ढकालसहितको टोली पनि एमालेमा प्रवेश गरेको छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्वअध्यक्ष धनबहादुर थापासहितको टोली पनि आफ्नो पार्टीमा आएको एमालेले जनाएको छ ।
यसैबीच, शुक्रबार नै एमालेले आसन्न स्थानीय निर्वाचनका लागि घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया