माओवादी केन्द्रका केन्द्रीय सदस्य र पूर्वराजदूतसहितको टोली एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा र माओवादीकी पूर्वकेन्द्रीय सदस्य तथा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा एमालेमा प्रवेश गरेका छन् ।
कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय शुक्रबार आयोजित कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
देवकोटा माओवादी केन्द्रको सहकारी विभागका प्रमुखसमेत हुन् ।
यस्तै, कास्कीको लेखनाथ नगरपालिकाका पूर्वमेयर शालिग्राम पौडेल, माओवादीकी पूर्वकेन्द्रीय सदस्य बेली तामाङ र सागर ढकालसहितको टोली पनि एमालेमा प्रवेश गरेको छ ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्वअध्यक्ष धनबहादुर थापासहितको टोली पनि आफ्नो पार्टीमा आएको एमालेले जनाएको छ ।
यसैबीच, शुक्रबार नै एमालेले आसन्न स्थानीय निर्वाचनका लागि घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया