कांग्रेस जनकपुरमा लफडा, सभापतिले दिए राजीनामा

काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिएको विरोधमा जनकपुर कांग्रेस कार्यसमितिका सभापति मनोज साहले राजीनामा दिएका छन् ।
कांग्रेसको प्रभाव क्षेत्र रहेको जनकपुरमा पार्टीले जित्ने सम्भावना हुँदाहुँदै जसपालाई दिइएको भन्दै विरोधमा साहले सभापतिसहित पार्टीबाटै राजीनामा दिएका हुन् ।
कांग्रेसबाट राजीनामा दिएका उनले अब स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
राजीनामा घोषणा गर्दै उनले कांग्रेसले कांग्रेसबाहेक अन्त भोट नहाल्ने भन्दै आफूले अब स्वतन्त्र उम्मेदवारी दिने बताए ।
जसपालाई मेयर दिने घोषणापछि २ सय बढी कार्यकर्ताले कांग्रेस छोडिसकेको दाबी साहको छ ।
साह १४ औं महाधिवेशनको क्रममा सर्वसम्मतरुपमा सभापति चयन भएका थिए । साहलाई नेता विमलेन्द्र निधिले सर्वसम्मत बनाएका थिए ।
उपमहानगरपालिकाको उपमेयर भने भागबण्डामा कांग्रेसको भागमा परेको छ ।
प्रतिक्रिया