कांग्रेस जनकपुरमा लफडा, सभापतिले दिए राजीनामा
काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिएको विरोधमा जनकपुर कांग्रेस कार्यसमितिका सभापति मनोज साहले राजीनामा दिएका छन् ।
कांग्रेसको प्रभाव क्षेत्र रहेको जनकपुरमा पार्टीले जित्ने सम्भावना हुँदाहुँदै जसपालाई दिइएको भन्दै विरोधमा साहले सभापतिसहित पार्टीबाटै राजीनामा दिएका हुन् ।
कांग्रेसबाट राजीनामा दिएका उनले अब स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
राजीनामा घोषणा गर्दै उनले कांग्रेसले कांग्रेसबाहेक अन्त भोट नहाल्ने भन्दै आफूले अब स्वतन्त्र उम्मेदवारी दिने बताए ।
जसपालाई मेयर दिने घोषणापछि २ सय बढी कार्यकर्ताले कांग्रेस छोडिसकेको दाबी साहको छ ।
साह १४ औं महाधिवेशनको क्रममा सर्वसम्मतरुपमा सभापति चयन भएका थिए । साहलाई नेता विमलेन्द्र निधिले सर्वसम्मत बनाएका थिए ।
उपमहानगरपालिकाको उपमेयर भने भागबण्डामा कांग्रेसको भागमा परेको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया