NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

फेरि चुनाव लड्न कलैया उपमहानगका मेयरले दिए राजीनामा

कलैया । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले राजीनामा दिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा आफू फेरि चुनाव लड्न उम्मेदवारी दर्ता हुनु दुुई दिनअघि उनले राजीनामा दिएका हुन् ।

मेयर यादवसहित कलैया उपमहानगरका एक सय ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

कलैयाका मेयर यादवले एक सय ३६ जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत नाथु साह समक्ष राजीनामापत्र बुझाएका हुन् ।

कलैया उपमहानगरमा एक सय ३९ कार्यपालिका सदस्य रहेकोमा तीनजना सदस्यले राजीनामा दिएका छैनन् ।