उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा
गलकोट । बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन र उम्मेद्वार चयनलाई तीव्रता दिएका छन् ।
बिहीबार बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा १० पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनको काम पालिकाअनुसार गर्न थालिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई निर्वाचनको तयारी, आपसी समन्वय र सहयोगको विषयमा छलफल थालिएको हो ।
मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले सबैको सहयोगका कारण बागलुङमा निर्वाचन शान्तिपूर्ण गराउन सफल भइने भन्दै सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार र कर्मचारीका बीच अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया