कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा
कर्णाली । शनिबार बेलुकासम्म कर्णालीका छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।
अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको जानकारी दिए । उनले भने, “रुकुमपश्चिम, सुर्खेत र कालिकोट जिल्लाको भागबण्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दैछौँ र आजै जसरी पनि टुङ्ग्याउँछौँ ।”
वडास्तरको भागबण्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भए पनि गठबन्धन दलको तालमेललाई सहमतिमा लैजाने जानकारी दिए । “हामी गठबन्धन दलको केन्द्रको निर्णयानुसार सहमति गर्ने गरी गहन छलफलमै छौं,’ सभापति शाहीले भने, “जे–जसो गरे पनि आज नटुङ्ग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौँ ।”
नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठन्धन दलभित्र तालमेलको सहमति जुटाउन अन्तिम कसरत थालिएको बताए । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुङ्गोमा पुर्याउने प्रयास भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया