NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

८१ वर्षीय नरसिंहले दिए ११ औं पटक वडाध्यक्षमा उम्मेदवारी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १० का ८१ वर्षीय वडाध्यक्ष नरसिंह व्यञ्जनकारले ११ औं पटक उम्मेदवारी दर्ता गरेका छन् ।

लगातार ५० वर्ष वडाध्यक्ष चलाएका उनले यसपटक पनि स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गरेका हुन् । व्यञ्जनकारले आइतबार वडा नं. १० को वडाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

२०२९ सालमा उनी पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता उनले कुनै पनि निर्वाचन हारेका छैनन् ।

गत चुनावमा उनले ६ सय ९१ मत ल्यायी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्मलालले ५ सय ९४ मत ल्याएका थिए ।

उनी ललितपुर कुपोण्डोल आसपासको क्षेत्रमा निकै लोकप्रिय छन् । स्थानीयकै आग्रहमा उनले फेरी उम्मेदवारी दिएका हुन् ।