एमालेलाई चुनौती दिँदै गगनले जनाए घोषणापत्र सार्वजनिक कार्यक्रममा २ प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीले जितेको स्थानीय तहमा कुनै भ्युटावर नबनाउने घोषणा गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले कांग्रेसले जितेको स्थानीय कुनै भ्युटावर र गेट नबनाउन प्रतिबद्धता जनाएका हुन् ।
यस्तै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जथाभावी गाडीको सुविधासमेत नलिने घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र स्थानीय जनप्रतिनिधिले जथाभावी भ्युटावर बनाएर राज्य कोषको दुरुपयोग गरेको भन्दै व्यापक आलोचना भएको थियो । त्यसलाई दृष्टिगत गरी कांग्रेसले अलोकप्रिय काम हात नहाल्ने प्रतिबद्धता जनाएको छ ।
यी हुन् २ प्रतिबद्धता :
१. कांग्रेसले जितेका स्थानीय तहमा भ्युटावर र गेट नबनाउने ।
२. अनावश्यक गाडीको सुविधा नलिने ।
स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया